हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज कोरोना केस जिरो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ डिसेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले बुधवार हङकङमा कोरोना सङ्क्रमितको नयाँ केस नथपिएको जनाएको छ।

हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,४७२ पुगेको छ।

पछिल्लो १४ दिनमा ६१ वटा कोरोनाको केस दर्ज भएको छ। ति सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ६८ जनाको उपचार भइरहेको छ। थप ३ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

47120