नेपालबाट हङकङ आएका ४ जनामा कोरोना देखियो, फेरि नेपाल एयरलाइन्स प्रतिबन्ध..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ डिसेम्बर । नेपालबाट आएका ४ जना यात्रुमा कोरोना पोजेटिभ देखिएपछि हङकङ सरकारले नेपाल वायुसेवा निगमको RA409 लाई हङकङमा पुनः प्रतिबन्ध लगाएको छ।

डिसेम्बर १४ तारिख मंगलबारको उडानमा नेपालबाट आएका २४ देखि ७६ वर्ष उमेरबीचका २ पुरुष र २ महिला गरी ४ जनामा कोरोना पोजेटिभ देखिएको हो।

नेपाल वायुसेवा निगमद्वारा सञ्चालित निगमको RA409 बाट हङकङ आएका यात्रुमध्ये अराइभल टेस्टिङ गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य विभागले पुष्टि गरेको छ।

हङकङ सरकारले उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि निगमको RA409 लाई १६ देखि २९ डिसेम्बरसम्म नेपालबाट यात्रु ल्याउन प्रतिबन्ध लगाएको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार हङकङमा १० आयातित केस थपिएको जनाएको छ। यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,५०७ पुगेको छ। यद्यपि, प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस आज पनि शून्य नै रहेको छ।

आयातित संक्रमित केसहरुमा नेदरल्याण्ड, जापान, नेपाल, बेलारुस, इन्डोनेसिया, जर्मनी र केन्या/युएई/भारत/युक्रेनबाट आएका सामेल छन्। तीमध्ये २ जना हवाई चालक दलका सदस्य छन् भने १ जना समुद्री चालक दलका सदस्य छन्।

पछिल्लो १४ दिनमा ५७ वटा कोरोनाको केस दर्ज भएको छ। ति सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ६८ जनाको उपचार भइरहेको छ। आज थप १ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

47271