Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

स्वाइन फ्लुबाट १ महिलाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता —
काठमाडौं, फाल्गुन १७ — स्वाइन फ्‍लुबाट राजधानीमा एक महिलाको मृत्यु भएको छ। स्वाइन फ्लुका कारण शनिबार साँझ क्षेत्रपाटीकी ५० वर्षीया एक महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालय रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ।

उनको एक साता अघिदेखि सिनामङ्गलस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको थियो। परिवारको आग्रहमा मृतकको नाम गोप्य राखिएको छ। उपचारमा संलग्न अस्पतालका चिकित्सकका अनुसार उनी दमको पुरानो रोगीसमेत थिइन्।

यो वर्ष स्वाइन फ्लुले मृत्यु भएको यो नै पहिलो घटना हो। गत वर्ष स्वाइन फ्लुका कारण १८ जनाको मृत्यु भएको थियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीका अनुसार नेपालमा हालसम्म ३५ जनामा स्वाइन फ्लु भएको पुष्टी भएको छ। छिमेकी राष्ट्र भारतमा स्वाइन फ्लुका कारण मृत्यु हुनेको संख्या हजार नाघेको छ।





Comments

comments

4732