नेपाली समाज हङकङको प्रथम अधिवेशन सम्पन्न

हङकङ, नेपालमा संघीय समाजवादी पार्टी र नयॉं शक्ति पार्टी एकिकृत भएपछि दुई वटा पार्टी निकट हङकङस्थित संस्थाहरु अन्तराष्ट्रिय नेपाली समाज र समावेशी नेपाली समाज मिलेर बनेको नेपाली समाज हङकङको प्रथम अधिवेशन जोर्डनस्थित चुमलुंग हिममा शनिवर सम्पन्न भएको छ।

अनलाईन जुममार्फत जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमंत्री डा वावुराम भट्टराईले प्रमुख अतिथिको रुपमा अधिवेशनलाई शुभकामना दिंदै पार्टीको चार नीति संघीयता, सुशासन, सम्वृध्दि र समाजवादको अर्थ र औचीत्यवारे स्पस्ट पार्नु भएको थियो।

अधिवेशनको उद्घाटन समारोहमा नेपाली राजनैतिक दलका हङकङस्थित भातृ संस्थाहरुको तर्फवाट जन सम्पर्क समितिका अध्यक्ष काजीमान गुरुङ, प्रवासी नेपाली मञ्चका कावा अध्यक्ष दलहांग नेम्वाङ, जन प्रगतिशिल मञ्चका अध्यक्ष दुर्गावहादुर गुरुङ र प्रवासी नेपाली एकता समाजका अध्यक्ष ईश्वर विक्रम शाहले अधिवेशन सफलताको शुभकामना दिएका थिए।

नेपाली समाजका अध्यक्ष इन्द्र वनेमले उद्घाटन समारोह समापन गर्दै हेजेन राईको अध्यक्षतामा अध्यक्ष मण्डल गठन भएको घोषणा गरेका थिए।

कार्यक्रमको वन्द सत्रले ईन्द्र वनेमकै अध्यक्षतामा नयॉं कार्य समिति गठन गरेको छ।
नेपाली समाज हङकङको नयाँ कार्य समिती :
१.ईन्द्र वनेम- अध्यक्ष
२.श्याम इङ्नाम – उपाध्यक्ष
३.चन्द्रका राई- उपाध्यक्ष
४.बिश्वनाथ घिसिङ – सचिव
५.भवेश घिसिङ – कोषाध्याक्ष

सदस्यहरु
६.सम्शेर तुम्वाहाङ्फे
७.शरण सुब्बा
८.प्रदिप किरावा
९.देबमान लिम्बु (मिडिया)
१०.हिम सिङ्गका
११.ओम गुरुङ
१२.जुनु दिब्या राना
१३.प्रदिप कन्दन्वा
१४.राम लि राई
१५.दिलिप तामाङ
१६.दुर्गा प्रसाद तामाङ
१७.लोकेन्द्र परियार
१८.राजु बराईली
१९.अमोद राई
२०.बीरेन्द्रकाजी गुरुङ
२१.माया देबी राई
२२.रुद्र फोम्बो
२३.मनि राज लिम्बु
२४.बिष्णु पाख्रिन
२५.ईन्द्र सिं राई
२६.पिटर गुरुङ
२७.शिब कुमार पुन
२८.उर्मिला घले
२९.सुर्यमान राई
३०.ज्ञान बहादुर राई
३१.दक्ष लिम्बु
३२.सुमन वनेम
३३.गजेन्द्र राई

कार्यक्रम संचालन सचिव मनोज गौतमले गरेका थिए भने कार्यक्रममा सल्लाहकार डा चुरा थापा, नेपाल च्याम्वर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली,उपाध्यक्ष लव कुमार गुरुङ लगायतको उपस्थिति रहेको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

47332