Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङ कोरोना न्युज अपडेट- हङकङमा १२ इम्पोर्टेट केस थपिए, ओमिक्रोन केसको संख्या ८१ पुग्यो .. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङ कोरोना न्युज अपडेट- हङकङमा १२ इम्पोर्टेट केस थपिए, ओमिक्रोन केसको संख्या ८१ पुग्यो ..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३० डिसेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार नौ पुरुष र तीन महिला गरी थप १२ आयातित केसको अनुसन्धान गरिरहेको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,६३१ पुगेको छ। यद्यपि, स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित नयाँ केसमा बेलायत, इटाली, स्पेन, युक्रेन, अमेरिका, फिलिपिन्स, पाकिस्तान र थाइल्याण्डलगायतबाट आएका सामेल छन्।

हङकङमा आयातित संक्रमित थपिदैं गएपछि तीनवटा एयरलाइन्स फिनल्याण्डको हेलसिंकी, टर्कीको इस्तानबुल र फिलिपिन्सको मनिलाबाट हुने सेबु प्यासिफिक एयरको उडानलाई दुई हप्ताका लागि यात्रु ल्याउन प्रतिबन्ध लगाएको छ।

पछिल्लो १४ दिनमा १२२ वटा कोरोनाको केस दर्ज भएको छ। ती मध्ये एक आयातित केससंग सम्बन्धीत छ भने बाँकी सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित १७४ जनाको उपचार भइरहेको छ। थप ९ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।





Comments

comments

47528