हङकङमा नेपाल एयरलाइन्सलाई पुनः प्रतिबन्ध..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ जनवरी । हङकङ सरकारले काठमाडौंबाट आउने नेपाल वायुसेवा निगमको उडान नं. RA409 लाई पुनः प्रतिबन्ध लगाएको छ।

–

हङकङको स्वास्थ्य विभागले विहीवार पत्रकार सम्मेलन गरी कोभिड–१९ को पछिल्लो महामारीको अवस्था सार्वजनिक गर्ने क्रममा नेपाल वायुसेवा निगमको उडान नं. RA409 र फिलिपिन्सको सेबुबाट हङकङ आउने क्याथे प्यासिफिकको उडान नं. CX922 लाई प्रतिबन्ध लगाएको जनाएको छ।

जनवरी ४ तारिख मंगलवार हङकङ आएका दुबै उडानमा ५/५ जना कोरोना संक्रमित यात्रु भेटिएपछि विभागले ६ देखि १९ जनवरीसम्म दुई हप्ताको लागि हङकङमा यात्रु ल्याउन प्रतिबन्ध लगाएको हो।

नेपालबाट आएका संक्रमितहरुमा १६ वर्षीया महिला, २२ वर्षीया महिला, ४२ वर्षीया महिला, ४५ वर्षीय पुरुष र ८१ वर्षीया महिला रहेका छन्।





Comments

comments

47655