हङकङमा नेपाल एयरलाइन्सलाई पुनः प्रतिबन्ध..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ जनवरी । हङकङ सरकारले काठमाडौंबाट आउने नेपाल वायुसेवा निगमको उडान नं. RA409 लाई पुनः प्रतिबन्ध लगाएको छ।

हङकङको स्वास्थ्य विभागले विहीवार पत्रकार सम्मेलन गरी कोभिड–१९ को पछिल्लो महामारीको अवस्था सार्वजनिक गर्ने क्रममा नेपाल वायुसेवा निगमको उडान नं. RA409 र फिलिपिन्सको सेबुबाट हङकङ आउने क्याथे प्यासिफिकको उडान नं. CX922 लाई प्रतिबन्ध लगाएको जनाएको छ।

जनवरी ४ तारिख मंगलवार हङकङ आएका दुबै उडानमा ५/५ जना कोरोना संक्रमित यात्रु भेटिएपछि विभागले ६ देखि १९ जनवरीसम्म दुई हप्ताको लागि हङकङमा यात्रु ल्याउन प्रतिबन्ध लगाएको हो।

नेपालबाट आएका संक्रमितहरुमा १६ वर्षीया महिला, २२ वर्षीया महिला, ४२ वर्षीया महिला, ४५ वर्षीय पुरुष र ८१ वर्षीया महिला रहेका छन्।





Comments

comments

47655