हङकङमा थपिए ३७ सङ्क्रमित, कजवे बे, नर्थ प्वाइन्ट र तुङ चुङमा लकडाउन…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार कोभिड-१९ को नयाँ ३७ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,९०२ पुगेको छ।

नयाँ पुष्टि भएका संक्रमित केसमध्ये ३० आयातित, ६ आयातितसँग सम्बन्धित र १ स्थानीयको स्रोत अज्ञात रहेको छ। स्रोत नखुलेकोमा ५८ वर्षीय सुपरमार्केटका ट्याली क्लर्क रहेका छन्। जो ओमिक्रोनबाट संक्रमित भएको आशंका गरिएको छ। उनी आफ्नो परिवारसँग वान चाईको ली शुन भवनका बासिन्दा रहेको खुलेको छ।

यसअघि कोरोना पुष्टि भएका १७ जना बिरामीमा ओमिक्रोन भएको पाइएको छ। यससंगै, हङकङमा हालसम्म यससँग सम्बन्धित कुल २ सय ४० केसहरू रेकर्ड भइसकेका छन्।

सोमबार (३ तारिख) गायक हिन्स चेउङको कन्सर्टमा सहभागी भएका कोरोना पुष्टि भएका विदेशी घरेलु कामदारको रोजगारदातासहित आज करिब ३० वटा प्रारम्भिक केसहरू दर्ज भएका छन्।

हङकङमा कोरोना सङ्क्रमित ३७५ जनाको उपचार भइरहेको छ। थप २५ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

कजवे बे, नर्थ प्वाइन्ट र तुङ चुङमा लकडाउन

सरकारले लकडाउन गरी निम्न ठाउंमा बसोबास गर्ने वा काम गर्नेहरुलाई अनिवार्य भाइरस परीक्षण गराउंन आग्रह गरेको छ।

-Tower 1, Jupiter Terrace, 18 Jupiter Street, Causeway Bay;
-Block B, Flora Garden, 50 Cloud View Road, North Point
-Shun Yat House, Yat Tung (II) Estate, 8 Yat Tung Road, Tung Chung

त्यसैगरी, तोकिएको समयावधिमा सम्बन्धित स्थानमा पुगेका व्यक्तिहरूलाई समेत अनिवार्य परीक्षण गराउंन आग्रह गरिएको छ।





Comments

comments

47685