हङकङमा थपिए ३३ सङ्क्रमित, ट्युन मुन, ताई कोक चुई र ताई पोमा लकडाउन..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ९ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार कोभिड-१९ को नयाँ ३३ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

आज संक्रमण पुष्टि भएकामध्ये ३० जनामा N501Y भेरियन्ट भाइरस स्ट्रेन देखिएको छ। अरुको अवस्था विचाराधीन छन्। अधिकांश बिरामीहरू ओमिक्रोन भेरियन्ट भाइरसबाट संक्रमित भएको आशंका गरिएको छ।

संक्रमित केसहरूमध्ये २७ आयातित, ५ स्थानीय र एकको स्रोतको अवस्था अज्ञात रहेको छ। यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,९३५ पुगेको छ।

संक्रमणको स्रोत नखुलेकोमा उडान CX845 सफा गर्ने ३९ वर्षीय केबिन क्लिनर समावेश छन्।

आज २० भन्दा बढी प्रारम्भिक केसहरू रेकर्ड गरिएको छ। जसमा चुन वानस्थित केबल टिभी भवनमा काम गर्ने ४३ वर्षीया महिला पनि समावेश छिन्।

हङकङमा कोरोना सङ्क्रमित ३६८ जनाको उपचार भइरहेको छ। थप ५ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

ट्युन मुन, ताई कोक चुई र ताई पोमा लकडाउन

सरकारले लकडाउन गरी निम्न ठाउंमा बसोबास गर्ने वा काम गर्नेहरुलाई अनिवार्य भाइरस परीक्षण गराउंन आग्रह गरेको छ।

-Tower 8, Aegean Coast, 2 Kwun Tsing Road, Castle Peak Road – So Kwun Wat, Tuen Mun
-Tower 2, Harbour Green, 8 Sham Mong Road, Tai Kok Tsui
-Mei Sun Building, 4-20 Kau Hui Chik Street, Tai Po, excluding the shops at G/F and residential care home for the elderly at 1/F to 3/F at Mei Sun Building, Tai Po

त्यसैगरी, सम्बन्धित स्थानमा पुगेका व्यक्तिहरूलाई समेत अनिवार्य परीक्षण गराउंन आग्रह गरिएको छ।





Comments

comments

47711