Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा थपिए २२ सङ्क्रमित, याउ टोङमा लकडाउन… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा थपिए २२ सङ्क्रमित, याउ टोङमा लकडाउन…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले बुधवार कोभिड-१९ को नयाँ २२ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

संक्रमित केसहरूमध्ये १७ आयातित र ४ आयातित केससंग सम्बन्धित छन्। एक जनाको संक्रमणको स्रोत पुष्टि हुन सकेको छैन। आज संक्रमण पुष्टि भएकामध्ये २० जना ओमिक्रोन भेरियन्ट भाइरसबाट संक्रमित भएको पाइएको छ।

यससंगै, हङकङमा हालसम्म १३ हजार २ जनामा संक्रमण देखिएको छ। हङकङमा ओमिक्रोनसँग सम्बन्धित केसहरूको संख्या ३१० पुगेको छ।

हङकङमा कोरोना सङ्क्रमित ४ सय १५ जनाको उपचार भइरहेको छ। थप ९ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

याउ टोङमा लकडाउन

याउ टोङको शुङ शान स्ट्रिटमा रहेको माया टावर १ मा बस्ने १९ वर्षीय विद्यार्थीमा कोभिड-१९ को प्रारम्भिक परीक्षणमा पोजिटिभ देखिएपछि त्यहाँ लकडाउन गरिएको छ।

Maya Tower 1 on Shung Shan Street, Yau Tong.

सरकारले लकडाउन गरी उक्त ठाउंमा बसोबास गर्नेहरुलाई अनिवार्य भाइरस परीक्षण गराउंन आग्रह गरेको छ।

त्यसैगरी, जनवरी ३ देखि आज (जनवरी 12) बीच दुई घण्टा भन्दा बढी उक्त भवनमा पुगेका नागरिकहरूलाई समेत अनिवार्य परीक्षण गराउंन आग्रह गरिएको छ।

….





Comments

comments

47804