हङकङ कोरोना न्युज अपडेटः युन लङमा फुडपान्डाको खाना बाँड्नेलाई कोरोना, ट्युन मुन दुई ठाउंमा लकडाउन..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार कोभिड-१९ को नयाँ १४ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

File photo: Bloomberg

संक्रमित केसहरूमध्ये ९ आयातित र ४ आयातित केससंग सम्बन्धित छन्। एक जनाको संक्रमणको स्रोत पुष्टि हुन सकेको छैन।

युन लङमा टेकअवे डेलिभर गर्ने २९ वर्षीय पाकिस्तानी फुडपान्डा राइडरमा कोभिड-१९ पोजेटिभ देखिएको सेन्टर फर हेल्थ प्रोटेक्शनले छ। Yat Wan House, Tin Yat Estate Tin Shui Wai मा बस्ने पाकिस्तानी फुडपान्डा राइडर बुधबार काई टाकस्थित निर्माण स्थलमा काम गर्न गएका थिए। उनले मंगलबार युन लङ जिल्लामा पनि खाना वितरण गरेका थिए।

ट्राफिक घटनाका कारण हिजो राति उनलाई एलिस हो मिउ लिंग नेदरसोल अस्पतालमा पठाइएको थियो र पछि प्रिन्स अफ वेल्स अस्पतालको सघन हेरचाह इकाईमा सारिएको थियो। त्यहाँ परीक्षणको क्रममा उनमा पोजेटिभ देखिएको हो। उनको नमूनामा कम भाइरल लोड भेटिएको छ। उनको पुन: परीक्षण गरिने जनाइएको छ।

हङकङमा हालसम्म १३ हजार १६ जनामा संक्रमण देखिएको छ।

हङकङमा कोरोना सङ्क्रमित ४ सय २६ जनाको उपचार भइरहेको छ। थप ११ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

ट्युन मुनमा लकडाउन

जेपी पार्टनर्स मेडिकल सेन्टर लिमिटेड क्लिनिकमा पार्ट टाइम काम गर्ने नर्समा कोरोनाको प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएपछि त्यस क्षेत्रमा लकडाउन गरिएको छ।

  • Block 2, Hoi Tak Gardens, 13-17 Wing Fat Lane, Tuen Mun
  • JC Place Tower 1, 345 Castle Peak Road – Castle Peak Bay, Tuen Mun

सरकारले लकडाउन गरी उक्त ठाउंमा बसोबास गर्नेहरुलाई अनिवार्य भाइरस परीक्षण गराउंन आग्रह गरेको छ।

….





Comments

comments

47824