क्वाई चुङको आवासीय भवनमा ५ दिनको लागि तालाबन्दी, भित्रबाहिर हुन नपाउंने..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २१ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार कोभिड-१९ को नयाँ २४ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

संक्रमित केसहरूमध्ये ६ आयातित र १८ स्थानीयसंग सम्बन्धित रहेका छन्। तीमध्ये ५ जना डेल्टा भेरियन्टबाट संक्रमित भएको आशंका गरिएको छ। यससंगै, हङकङमा हालसम्म १३ हजार १ सय २० जनामा संक्रमण देखिएको छ।

आज २० भन्दा बढी प्रारम्भिक पुष्टि भएका केसहरू दर्ज भएका छन्। जसमध्ये १० आगन्तुक र कर्मचारीहरूसहित याट क्वाई हाउससँग सम्बन्धित छन्।

स्वास्थ्य अधिकारीहरूले शुक्रबार याट क्वाई हाउस, क्वाई चुङ एस्टेटमा पाँच दिनको तालाबन्दी घोषणा गरेको छ। त्यहाँका करिब २ हजार ७०० बासिन्दाहरूले अर्को बुधवार (जनवरी २६) बिहानसम्म होम आइसोलेसन र दैनिक कोभिड परीक्षण गराउनुपर्नेछ।

अधिकारीहरूले बासिन्दाहरूलाई दैनिक खाना उपलब्ध गराउनेछन्। भवन आज साँझ ६ बजेदेखि तालाबन्दी गरिएको छ।

त्यसैगरी, शाम सुई पो को 35-37 Nam Cheong Street मा पनि लकडाउन गरिएको छ। त्यहाँ बसोबास गर्नेहरुलाई अनिवार्य भाइरस परीक्षण गराउंन सरकारले आग्रह गरेको छ।

हङकङमा अहिले कोरोना सङ्क्रमित ३ सय ३३ जनाको उपचार भइरहेको छ। थप ७ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

…..

….





Comments

comments

47998