हङकङमा १०० बढी संक्रमित थपिए, ढलमा डेल्टा र ओमिक्रोन दुवै भेरियन्ट फेला पऱ्यो….

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २४ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार कोभिड-१९ को नयाँ १०९ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

हङकङमा ११ आयातित र ९८ स्थानीयसहित कुल १०९ जनामा कोरोना पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेक्शनले जनाएको छ। स्थानीयमध्ये ५ को संक्रमणको स्रोत अज्ञात रहेको छ भने अन्य २४ अघिल्लो केसहरूसँग जोडिएका छन्।

क्वाई चुङ इस्टेटबाट ६९ जना स्थानीय सङ्क्रमण फेला परेपछि यहाँको कुल संक्रमित सङ्ख्या २३० जनाभन्दा बढी पुगेको छ।

याट क्वाई हाउसका २७ बासिन्दा र आगन्तुक, यिंग क्वाई हाउससँग जोडिएका ३३ र ९ जना एस्टेटका अन्य ब्लकहरूसँग जोडिएका रहेका छन्।

सेन्टर फर हेल्थ प्रोटेक्शनको कम्युनिकेबल डिजिज शाखाका प्रमुख डा. चुआङ शुक-क्वानले सोमबार स्वास्थ्य अधिकारीहरूले वोङ ताई सिनमा लिइएको ढलको नमूनाहरूमा डेल्टा र ओमिक्रोन दुवै भेरियन्ट फेला पारेको बताएकी छन्।

डा. चुआङले यसभित्र नदेखिएको भाइरस प्रसारण भइरहेको हुन सक्ने भन्दै वोङ ताई सिनका बासिन्दाहरूलाई कोविड परीक्षण गर्न आह्वान गरेकी छन्।

वोङ ताई सिनको ट्रोपिकाना गार्डेनको ब्लक १ मा दुई पुष्टि भएका केसहरू फेला परेका थिए भने तेस्रो व्यक्तिको प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएको छ। चुआङका अनुसार तीन मध्ये एकले हालै ह्याम्स्टर किनेका थिए।

ट्रोपिकाना गार्डेनको ब्लक १, २ र ३ का बासिन्दालाई पहिले अनिवार्य परीक्षण गर्न सूचित गरेको छ। सरकारी विशेषज्ञ सल्लाहकार र हङकङ विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका अध्यक्ष प्राध्यापक युएन क्वोक-युङले आज साइटको भ्रमण गरेर भनेका छन् ५, ७ र ८ तलामा भाइरस फैलिएको देखिन्छ। ब्लक १ को युनिट ई का सबै बासिन्दाहरूलाई उक्त युनिट तुरुन्तै खाली गर्न आवश्यक रहेको बताएका छन्।

त्यसैगरी, ताई वो हाउ एस्टेटको फु केउङ हाउसको युनिट ४२३ र ३२३ मा दुई जना बासिन्दाहरू कोविड संक्रमित भएका थिए। भाइरस फोहोरको पाइपबाट तलतिर फैलिएको हुन सक्ने भन्दै भवनको युनिट ४२१ र ३२१ का बासिन्दाहरूलाई घर खाली गर्न आग्रह गरिएको छ।





Comments

comments

48059