हङकङमा नयाँ १०७ संक्रमित थपिए, आज पनि १३० भन्दा बढी प्रारम्भिक केसहरू रेकर्ड भए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २६ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले बुधवार कोभिड-१९ को नयाँ १०७ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

कुल १०७ संक्रमितमध्ये ७ आयातित र बाँकी १०० स्थानीयसंग सम्बन्धित रहेका छन्। तिनीहरुमध्ये ९३ वटा पूराना स्थानीय केससंग सम्बन्धित रहेका छन्। ७ केसको संक्रमणको स्रोत खुलेको छैन।

स्वास्थ्य संरक्षण केन्द्रको सरुवा रोग शाखाका प्रमुख डा.चुआङ शुक-क्वानका अनुसार अज्ञात ७ केसहरू ओमिक्रोन भेरियन्ट भाइरसबाट संक्रमित भएको आशंका गरिएको छ। आज पनि १३० भन्दा बढी प्रारम्भिक केसहरू रेकर्ड गरिएका छन्, जसमध्ये लगभग ५० आयातित केसहरू रहेका छन्। आयातित केसमा नेपालबाट आएका यात्रुहरुसमेत छन्। थप विवरण भोलिको प्रेसमिटमा जानकारी गराइने भएको छ।

डा. चुआङले प्रारम्भिक केसमध्ये ४० वटा दुई अराइभल फ्लाइटबाट आयातित केस भएको जनाकारी दिएकी छन्। २०+ केसहरू RA 409 बाट जनवरी २५ मा काठमाडौंबाट र बाँकी केसहरू EK 384 मा दुबई/बैंककबाट जनवरी २५ मा हङकङ आएका रहेका छन्।

आज दिउँसो २ बजेसम्म क्वाई चुङ एस्टेटमा कुल पुष्टि भएका र प्रारम्भिक केसहरू बढेर ३३४ पुगेको छ। आज हाउजिङ एस्टेटमा जम्मा ५८ नयाँ केसहरू रेकर्ड भएका छन्। हालसम्म याट क्वाई हाउसमा २२९ केस र यिङ क्वाई हाउसमा पुष्टि भएका र प्रारम्भिक केससहित ७१ केसहरू रेकर्ड भइसकेका छन्। यिङ क्वाई हाउसमा आज २ नयाँ घरपरिवारसहित ८ नयाँ केसहरू रिपोर्ट गरिएको छ। यस ब्लकमा जम्मा ४४ वटा युनिटमा कोभिड-१९ को सङ्क्रमण देखिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

48124