हङकङमा थपिए ९२ संक्रमित..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३१ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार कोभिड-१९ को नयाँ ९२ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

१२ आयातित केसहरू रहेका छन्। चेउङ बोर हाउस र मिङ लाइ हाउसमा फेला परेका डेल्टा भेरियन्टका ११ केससहित ८० स्थानीय केसहरू रहेका छन्।

६२ केसहरू ओमिक्रोन संस्करणका रहेका छन्। १३ स्थानीय केसको स्रोत खुलेको छैन। ६७ केस अघिल्लो स्थानीय केसहरूसँग जोडिएका छन्।

आज पनि प्रारम्भिक परीक्षणमा ९५ जनामा पोजेटिभ देखिएको छ।





Comments

comments

48244