हङकङमा थपिए ११६ संक्रमित, ताई पोमा लकडाउन..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ फेब्रुअरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले बुधवार कोभिड-१९ को नयाँ ११६ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

कुल ११६ संक्रमित केसमध्ये १३ आयातित र १०३ स्थानीयसंग सम्बन्धित रहेका छन्। तिनीहरुमध्ये १७ डेल्टा भेरियन्टका र ७१ केसहरू ओमिक्रोन भेरियन्ट रहेका छन्। ३० केसको संक्रमणको स्रोत खुलेको छैन।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा. चुआङ सुक-क्वानका अनुसार आज पनि प्रारम्भिक परीक्षणमा १ सय १० भन्दा बढीमा पोजेटिभ देखिएको छ।

डा. चुआङले लुनार न्यु इयरको बिदापछि प्रकोप झनै फैलिन सकिने भन्दै सर्वसाधारणलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन अपील गरेकी छन्।

हालसम्म, हङकङको संक्रमित संख्या १४ हजार ४ सय ४२ पुगेको छ।

लकडाउन र भाइरस परीक्षणः

Tsui Wo House, Tai Wo Estate, Tai Po
Block 1 Yam Yue House, Shek Yam East Estate, Shek Yam





Comments

comments

48311