हङकङमा थपिए ३४२ संक्रमित, ३०० बढी प्रारम्भिक केस, ट्युन मुन र सा टिनमा लकडाउन..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ फेब्रुअरी । लुनार न्यु इयरको अवसरमा पारिवारिक जमघटका कारण हङकङमा कोरोना महामारी फैलिने क्रम तीव्र भएको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार कोभिड-१९ को ३४२ केस दर्ज भएको जनाएको छ। हङकङमा हालसम्म कोरोना पुष्टि भएका कुल केसहरू १५ हजार ४०८ पुगेको छ। आज पनि ३०० प्रारम्भिक केसहरू रेकर्ड भएका छन्। जुन उच्च रेकर्ड हो।

यसैबीच, स्वास्थ्य विभागको स्वास्थ्य संरक्षण केन्द्रका डा चुआङ सुक–क्वानले आज कोभिड–१९ सङ्क्रमितमध्ये ३ सय ४२ सबै स्थानीय सङ्क्रमित रहेको बताएकी छन्। तीमध्ये २०० जनामा संक्रमणको श्रोत अझै अनुसन्धानकै क्रममा छ। २० बिरामीहरू डेल्टा भेरियन्ट भाइरसबाट संक्रमित रहेका छन्। १०० स्थानीय केसहरू महामारीको रूपमा अघिल्लो केसहरूसँग जोडिएका रहेका छन्।

युन लङ प्लाजाका क्लिनर, सुरक्षा गार्ड, हट पट रेस्टुरेन्ट, चिउ चाउ रेस्टुरेन्ट र फोर्ट्रेसमा काम गर्ने १३ कर्मचारीहरूमा कोरोना पोजेटिभ देखिएको जनाएको छ।

त्यस्तै, शाम शुई पोस्थित मस्जिदमा गएका ११ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ भने १ प्रारम्भिक केस रहेको छ।

अस्पताल अथोरिटीका डा लाउ का–हिनका अनुसार आज बिहान ९ बजेसम्म विगत २४ घण्टामा कुल १३८ पुष्टि भएका बिरामी निको भई अस्पतालबाट डिस्चार्ज भएका छन्।

हालसम्म निको भएर डिस्चार्ज हुनेको संख्या १३ हजार १ सय २५ रहेको छ। कुल १ हजार ४९५ पुष्टि भएका बिरामीहरू हाल अस्पतालमा उपाचारत छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

लकडाउन र भाइरस परीक्षणः

Tuen Mun :

Leung Kit House, excluding LKWFS Chu Sui Lan Anglo-Chinese Kindergarten on G/F, and Leung Wai House, Leung King Estate, 31 Tin King Road, Tuen Mun

Shatin :

Mei Sau House, Mei Tin Estate, Sha Tin, excluding the car park thereat





Comments

comments

48386