हङकङमा एकै दिन थपिए ६१४ संक्रमित, भोलिदेखि १४ दिन होम क्वारिन्टिनको नियम लागु..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ७ फेब्रुअरी । लुनार न्यु इयरको अवसरमा पारिवारिक जमघटका कारण हङकङमा कोरोना महामारी फैलिने क्रम तीव्र भएको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार कोभिड-१९ को ६१४ केस दर्ज भएको जनाएको छ। आज पनि ६०० प्रारम्भिक केसहरू पुष्टि भएका छन्। महामारी सुरु भएदेखि अहिलेसम्मकै यो उच्च दैनिक संख्या हो।

आज आयातित केस ७ रहेका छन्। ३१ स्थानीय केसहरूमा डेल्टा भेरियन्ट र बाँकी ओमिक्रोन भेरियन्टका रहेका छन्। २१९ स्थानीय केसको संक्रमणको स्रोत खुलेको छैन।

संक्रमितको संख्या आश्चर्यजनक ढंगले बढ्दै गएपछि सरकारले मंगलवारदेखि बिरामीको नजिकका सम्पर्कमा आएकालाई १४ दिनसम्म होम क्वारेन्टिनमा राखिने जनाइएको छ भने नजिकको सम्पर्कमा आएका परिवारका सदस्यलाई चार दिन क्वारेन्टिनमा राखिनेछ।

कम जोखिमका बिरामीहरूलाई मङ्गलबारदेखि अस्पतालबाट पेनी बे क्वारेन्टिन केन्द्रमा सारिने छ। ताकि अस्पतालको बेड सबैभन्दा बढी आवश्यक पर्ने विरामीलाई दिइनेछ।

लकडाउन र भाइरस परीक्षणः

Sham Shui Po :

Fu Yuet House, Fu Cheong Estate in Sham Shui Po





Comments

comments

48398