कोरोनाबाट थप एक महिलाको मृत्यु, १ हजारको ज्यान जोगाउंन हङकङमा ‘पूर्ण लकडाउन’ जरुरी..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १० फेब्रुअरी । कोभिड-१९ का कारण विहीवार हङकङमा थप एक महिलाको मृत्यु भएको छ। कोभिड-१९ को पाँचौं लहरसंगै मृत्यु हुने विरामीमा उनी तेश्रो हुन्।

ओमिक्रोन भेरियन्ट भाइरसबाट ९४ वर्षीया महिला बिरामीको मृत्यु भएको अस्पताल अथोरिटीले जानकारी दिएको छ। लामो समयदेखि बिरामी उनले खोप लगाएकी थिइनन्। मुटुको समस्या र श्वासप्रश्वासमा समस्याका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको आज दिउँसो १ः३३ बजे निधन भएको जनाएको छ। यससंगै कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१६ पुगेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीबार कोभिड-१९ को ९८६ केस दर्ज भएको जानकारी दिएको छ। आज पनि करीब ८०० प्रारम्भिक केसहरू पुष्टि भएका छन्।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले १ मात्र आयातित केस र ९८५ स्थानीय केसहरू पुष्टि भएको जानकारी दिइन्। हङकङमा आजसम्म कुल कोभिड-१९ का केसहरू १८ हजार ७९४ पुगेको छ।

यसैबीच, एचकेयुका शोधकर्ताहरूले १ हजार जनाको सम्भावित मृत्युलाई रोक्न हङकङलाई ‘पूर्ण लकडाउन’ गर्नु पर्ने सुझाव दिएका छन्। हङकङ विश्वविद्यालयका शोधकर्ताहरूले जुन महिनाको मध्यसम्ममा झण्डै १ हजार जनाको मृत्यु हुन सक्ने जोखिमलाई विचार गर्न सुझाब दिएका छन्।

गेब्रियल लेउङ, मेडिसिनका डीन र विश्वविद्यालयमा गणितीय र सांख्यिकीय रोग मोडलिङमा विशेषज्ञ जोसेफ वूले पूर्ण तालाबन्दीको सम्भाव्यतालाई “तुरुन्तै विचार” गर्नु पर्ने बताएका हुन्।

उनीहरूका भविष्यवाणीका अनुसार ढिलोमा मार्चको मध्यदेखि २८ हजार संक्रमण र एक दिन ४६८ अस्पतालमा भर्ना हुने प्रकोप चरम हुनेछ। करिब १ लाख संक्रमित र सवा लाख नजिकका सम्पर्कमा आएकाहरु सात दिन आइसोलेसनमा बस्नु पर्ने बताएका छन्। बिहीबार पत्रकारहरूलाई प्रस्तुत गरिएको उनीहरूको विश्लेषण अनुसार हालको नियन्त्रण उपायहरू कायमै रहेमा जुन मध्यसम्ममा ओमिक्रोनबाट ९५४ जनाको मृत्यु हुन सक्ने आंकलन गरिएको छ।





Comments

comments

48472