हङकङमा थपिए ६,०६३ संक्रमित, थप १५ जना विरामीको मृत्यु, १० को अवस्था चिन्ताजनक..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १९ फेब्रुअरी । हङकङमा २४ घण्टाभित्र कोभिड-१९ को थप १५ जना विरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० देखि ९९ वर्ष उमेरबीचका १० पुरुष र ५ जना महिला रहेका छन्।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले शुक्रवार कोभिड-१९ को ६,०६३ केस दर्ज भएको जानकारी दिएकी छन्। यससंगै हङकङमा कोभिड-१९ को कूल संक्रमित संख्या ४०,७०० पुगेको छ।

डा चुआङका अनुसार संक्रमित ६,०५८ स्थानीय र ५ आयातित रहेका छन्। तिमध्ये २० केसहरू डेल्टा र २,७६९ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू अझै परीक्षणमै रहेका छन्। अपरान्ह ४ बजेसम्म झण्डै ७,४०० प्रारम्भिक पोजिटिभ केसहरू थपिएका छन्।

अस्पताल प्राधिकरणले २४ घण्टामा १५ जना विरामीको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा ५० देखि ९९ वर्ष उमेरबीचका १० पुरुष र ५ जना महिला रहेका छन्। १० जना विरामीको अवस्था चिन्ताजनक रहेको छ। दर्जनौं विरामीको अवस्था गम्भीर रहेको जनाएको छ।

३१ डिसेम्बर २०२१ देखि हालसम्म ४६ जना विरामीको मृत्यु भएको छ। तिमध्ये ६ जनाले कोरोनाविरुद्ध खोप लगाएका थिए। कोरोनाबाट हङकङमा मृत्यु हुनेको कुल संख्या २५९ पुगेको छ।

अस्पताल प्राधिकरणले नर्थ लान्ताउ अस्पताल हङकङ संक्रमण नियन्त्रण केन्द्र, एचए संक्रामक रोग केन्द्र र एशिया वर्ल्ड एक्सपो र हङकङ सार्वजनिक अस्पतालहरूमा गरी कोभिडका ३,३१२ बिरामीहरूको उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा २,४०० र चुन वान आइसोलेसन सेन्टरमा हाल ११० जना विरामी रहेका छन्।

हिजो २५१ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए भने आज शनिवार डिस्चार्ज भएका विरामी संख्या उपलव्ध छैन। अस्पताल बाहिर पर्खिरहेका सबै विरामीलाई भित्र सारिएको अस्पताल प्राधिकरणले जनाएको छ।

.





Comments

comments

48665