कोरोनाबाट हङकङमा ९ वर्षीय बालकसहित थप ५१ जनाको मृत्यु, ८,७९८ संक्रमित थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २४ फेब्रुअरी । २४ घण्टाभित्र हङकङमा कोभिड-१९ बाट ८,७९८ संक्रमित थपिएका छन्। त्यसैगरी, ९ वर्षीय बालक र थप ५० जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ।

९ वर्षीय बालकको आज (२४) बिहान ७ बजेर ७ मिनेटमा निधन भएको जनाएको छ। उनी लामो समयदेखि बिरामी थिए। उनलाई आजको मृत्युको तथ्याङ्कमा नराखि भोलि शुक्रवारको तथ्याङ्कमा समावेश गरिने जनाएको छ।

अस्पताल प्राधिकरणले २४ घण्टामा ५२ देखि ९७ वर्ष उमेरबीचका ३५ पुरुष र १५ महिला गरी ५० जना विरामीको मृत्यु भएको जनाएको हो। तीमध्ये ६ जनाले खोपको २ शट र २ जनाले खोपको १ शट लिएका थिए। मृत्यु हुनेहरुमा अधिकांश बृद्धबृद्धा र लामो समयदेखि बिरामी परेका थिए।

कोरोनाको पाँचौं लहरमा मात्रै सार्वजनिक अस्पतालमा मृत्यु हुनेको संख्या २५५ पुगेको छ। कोरोनाबाट हालसम्म सार्वजनिक अस्पतालमा मृत्यु हुनेको कुल संख्या ४६० पुगेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले आज कोभिड-१९ को ८,७९८ केस दर्ज भएको जानकारी दिएकी छन्।

डा चुआङका अनुसार ८,७९८ संक्रमितमध्ये ३ आयातित रहेका छन्। तिमध्ये १९ डेल्टा र ४४३४ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू अझै परीक्षणमै रहेका छन्।

अस्पताल प्राधिकरणले हङकङका विभिन्न अस्पतालहरूमा कोभिडका ४६४२ बिरामीहरूको उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा १६०० र चुन वान आइसोलेसन सेन्टरमा हाल ३५० भन्दा बढी विरामी रहेका छन्।

३३ जना विरामीको अवस्था चिन्ताजनक र ४९ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। २५७ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

.

.





Comments

comments

48772