Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कोरोनाबाट हङकङमा २४ घण्टामा ६६ बिरामीको मृत्यु, एकै दिन थपिए १७,०६३ संक्रमित… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

कोरोनाबाट हङकङमा २४ घण्टामा ६६ बिरामीको मृत्यु, एकै दिन थपिए १७,०६३ संक्रमित…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २६ फेब्रुअरी । कोभिड-१९ बाट २४ घण्टाभित्र हङकङमा ६६ जना बिरामीको मृत्यु भएको छ। त्यस्तै, कोभिडका १७,०६३ संक्रमित थपिएका छन्। यो संख्या हङकङमा अहिलेसम्म कै उच्च रेकर्ड हो।

अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेमा १९ वर्षदेखि १०१ वर्ष उमेरबीचका ३९ पुरुष र २७ महिला रहेका छन्। मृत्यु हुनेमा बृद्धबृद्धा र दीर्घ रोगी रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै सार्वजनिक अस्पतालमा मृत्यु हुनेको संख्या ४०२ पुगेको छ। कोरोनाबाट हङकङमा मृत्यु हुनेको कुल संख्या ६०७ पुगेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वान अनुसार १७,०६३ संक्रमितमध्ये ६ आयातित रहेका छन्।

अस्पताल प्राधिकरणले हङकङका विभिन्न अस्पतालहरूमा कोभिडका ५४८५ बिरामीहरूको उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा ५५० र चुन वान आइसोलेसन सेन्टरमा हाल ५०० भन्दा बढी विरामी रहेका छन्।

४० जना विरामीको अवस्था चिन्ताजनक र ९७ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। २९३ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

.

.





Comments

comments

48811