कोरोनाबाट हङकङमा २४ घण्टामा ८३ बिरामीको मृत्यु, एकै दिन थपिए २६,०२६ संक्रमित…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ फेब्रुअरी । कोभिड-१९ बाट २४ घण्टाभित्र हङकङमा ८३ जना बिरामीको मृत्यु भएको छ। त्यस्तै, कोभिडका २६,०२६ संक्रमित थपिएका छन्। यो संख्या हङकङमा मृत्यु र संक्रमित भएको अहिलेसम्म कै उच्च रेकर्ड हो।

अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेमा १९ वर्षदेखि १०० वर्ष उमेरबीचका ५३ पुरुष र ३० महिला रहेका छन्। मृत्यु हुनेमा बृद्धबृद्धा र दीर्घ रोगी रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै सार्वजनिक अस्पतालमा मृत्यु हुनेको संख्या ५१२ पुगेको छ। कोरोनाबाट हङकङमा मृत्यु हुनेको कुल संख्या ७१७ पुगेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार २६,०२६ संक्रमितमध्ये ७ आयातित रहेका छन्। तिमध्ये १ डेल्टा र ११९२ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू अझै परीक्षणमै रहेका छन्।

अस्पताल प्राधिकरणले हङकङका विभिन्न अस्पतालहरूमा कोभिडका ५९२१ बिरामीहरूको उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा झण्डै ७०० विरामी रहेका छन्।

६० जना विरामीको अवस्था चिन्ताजनक र ७४ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। ३८१ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
.

.





Comments

comments

48821