युक्रेनको पक्षमा नेपाल..

परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनको सार्वभौमसत्ताको पक्षमा नेपाल उभिएको बताएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. खड्काले युक्रेनको पक्ष लिनु भनेको युद्धको पक्ष लिनु नभएको प्रस्ट पारे।

उनले भने, “पश्चिमा गठबन्धनमा सामेल हुने कुरा होइन, यो राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय सन्धिबमोजिम हो।”

उनले थपे, “युक्रेनमा रुसले गरेको आक्रमण कुनै राष्ट्रको सार्वभौमसत्ताविरुद्धको र विश्व शान्तिमा खलल पुर्‍याउने काम हो । नेपालको मत त्यही अतिक्रमणको विरोधमा थियो।” यसै महिनाको सुरुवातमा युक्रेनमा भएको आक्रमणलाई लिएर रुसको निन्दा गरिएको प्रस्तावमाथि संयुक्त राष्ट्रसङ्घको प्रस्तावको पक्षमा नेपालले अन्य १४१ देशसँगै मतदान गरेको थियो।

मतदानमा भारत र चीन भने अनुपस्थित थिए । मन्त्री खड्काले नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अनुमोदनबारे काठमाडौँस्थित अमेरिका र चीनका राजदूतलाई स्मरण गराएको जानकारी दिए। आजको गोरखापत्र दैनिकमा समाचार छ।





Comments

comments

49018