हङकङ सरकारले अप्रिल ७ मा HK$१०,००० को इलेक्ट्रोनिक उपभोग भाउचर वितरण गर्ने..!

एचकेनेपाल डट कम –

हङकङ, ३ अप्रिल । हङकङ सरकारले आफ्नो नागरिकलाई अप्रिल ७ तारिख १० हजार हङकङ डलरको इलेक्ट्रोनिक उपभोग भाउचर वितरण गर्ने जनाएको छ।

यस वर्षको पहिलो चरणको इलेक्ट्रोनिक उपभोग भाउचर अप्रिल ७ मा लगभग ६३ लाख हङकङवासीहरूलाई वितरण गरिने वित्तीय सचिव पल चानले आइतवार जानकारी दिएका छन्।

AlipayHK, WeChat Pay, Tap & Go मा दर्ता भएका प्रयोगकर्ताले पहिलो किस्ता ५ हजार हङकङ डलर पाउनेछन्। Octopus Card प्रयोगकर्ताले भने पहिलो किस्ता ४ हजार हङकङ डलर प्राप्त गर्नेछन्। उसले मेको अन्त्यमा उक्त रकम खर्च गरिसकेपछि १६ जुनमा पहिलो किस्ताको बाँकी १ हजार हङकङ डलर प्राप्त गर्नेछन्।

यदि ई-वालेट खाताको म्याद सकिएको छ भने वा गत वर्ष दर्ता गरिएको अक्टोपस कार्ड हराएको छ भने अपडेट गर्न यसअघि नै सुझाव दिइ सकेको छ।

हराएका वा अन्य कारणले विग्रिएका अक्टोपस कार्ड अपडेट गर्न यहाँबाट उपभोक्ता भाउचर वेबसाइट मा जाना सकिन्छ।

अप्रिल सम्ममा १८ वर्ष नपुगेका तर जुलाई सम्ममा पुगेकाहरूले पनि त्यतिन्जेलसम्म पहिलो किस्ता दाबी गर्न सक्ने छन्।

सरकारले गत साल दिएको ५ हजार हङकङ डलरभन्दा दोब्बर बढाएर १० हजार डलर पुर्याएको हो। कोभिड-१९ को प्रकोपको बेला सरकारले आफ्ना नागरिकलाई राहतस्वरुप सो रकम उपलव्ध गराएको हो।

गत सालजस्तै यस पटक पनि १० हजार डलरको भाउचर किस्ताबन्दी रुपमा अक्टोपस, अलिपे, वीच्याट पे र ट्याप एण्ड गोमार्फत प्राप्त गर्न सकिने छ।

Handling of Invalidated or Lost SVF Accounts

If people have already removed the mobile app or cancelled the e-accounts of the SVF used for collecting the consumption vouchers of the last round, they can try to reinstall the relevant mobile app or reactivate their old account. People may obtain the relevant information from the SVFs by clicking the hyperlinks below or calling the operators:

AlipayHK (Phone: 2245 3201)
Octopus (Phone: 2969 5500)
Tap&Go (Phone: 2888 0000)
WeChat Pay HK (Phone: 3929 1666)

यस सम्बन्धी थप जानकारीको लागिः https://www.consumptionvoucher.gov.hk/en/newround.html

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

49388