हङकङमा आज ६,९८१ संक्रमित थपिए, १,४६९ जना बिरामी निको भए..

एचकेनेपाल डट कम –

हङकङ, ३० मार्च । हङकङमा आज ६,९८१ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्। गत फेब्रुअरी २५ पछि संक्रमितको संख्या चार अंकमा झरेको यो पाँचौं दिन हो।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआङ शुक-क्वानका अनुसार संक्रमितमध्ये ५ आयातित, ० डेल्टा र १२०० केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममा रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या ११,३८,१३८ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ११७ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा ४१ वर्षदेखि १०५ वर्ष उमेरबीचका ७१ पुरुष र ४६ महिला रहेका छन्। मृत्यु हुनेहरुमा आवासीय केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ७४९३ पुगेको छ।

२२ जना विरामीको अवस्था चिन्ताजनक र ४५ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। गम्भीर अवस्थामा रहेका ८९ बिरामीको आईसीयूमा उपचार भइरहेको छ। १,४६९ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

यसैबीच, अस्पताल प्राधिकरणअन्तर्गतका २१,१०० भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ। तीमध्ये १८,०८१ निको भएर काममा फर्किएका छन्।





Comments

comments

49532