हङकङमा दिउंसै बैंकमा लुटपाट..!

एचकेनेपाल डट कम –

हङकङ, १४ अप्रिल । हङकङको व्यस्त सडक नाथन रोडस्थित चाइना कन्स्ट्रक्सन बैंक (एसिया) शाखामा विहीवार दिउंसो लुटपाट भएको छ।

सीसीटिभी फूटेज।

दिउँसो ३ः४० बजे एक व्यक्ति नाथन रोडस्थित चाइना कन्स्ट्रक्सन बैंक (एसिया) ५५६ शाखामा प्रवेश गरी कर्मचारीमाथि पिस्तौल जस्तै वस्तु देखाएर १४ हजार हङकङ डलर लुटेर भागेका छन्।

स्थानीय मिडियाका अनुसार उनी तुरुन्त घटनास्थलबाट निस्केर बस चडेर भागेका लिए।

सीसीटिभी फूटेज।

सीसीटिभी फुटेजमा लुटेरा काउन्टरमा एक महिला कर्मचारीलाई सेतो नोट दिएर पिस्तौल जस्तै वस्तु तेर्साएको देखिएको छ।

“डकैती! मसँग बन्दुक छ र सबै पैसा मलाई दिनुहोस्,’ नोटमा लेखिएको थियो।

घटनापछि, फोटोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

लुटेर भाग्नसाथ बैंकका कर्मचारीले तत्कालै प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै घटनास्थल वरीपरी ठूलो संख्यामा बुलेटप्रुफ भेस्ट लगाएका प्रहरीहरु परिचालन गरिएको थियो।

प्रहरी निगरानीमा। फोटोः जगतअम्बु गुरुङ/ एचकेनेपाल डट कम

प्रहरीले केएमबी बस नं. 87D मा चढेर फरार भएका लुटेराको खोजी भइरहेको जनाएको छ।





Comments

comments

49876