हङकङमा कोरोना निरन्तर ओरालोतर्फ, आज ७९४ संक्रमित थपिए, दुई देशका विमानलाई हङकङमा प्रतिबन्ध..!

एचकेनेपाल डट कम –

हङकङ, १६ अप्रिल । हङकङमा कोभिड-१९ को दैनिक संक्रमित केसहरू आज ७९४ मा झरेको छ।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआङग सुक क्वानका अनुसार संक्रमितमध्ये १२ आयातित रहेका छन्। पाँचौं लहरमा कोरोना संक्रमितको संख्या ११,८४,४४७ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ३४ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि कूल ८,८९७ बिरामीको मृत्यु भएको छ।

२४ घण्टामा ८०८ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

यसैबीच, स्वास्थ्य विभागले एम्स्टर्डमबाट केएलएम विमान र भ्यानकुभरबाट क्याथे प्यासिफिकलाई अप्रिल १७ देखि २३ सम्म हङकङमा यात्रु ल्याउंन प्रतिबन्ध लगाएको छ।





Comments

comments

49935