Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सुनिता र पेपराजको चो?लुङ पार्क’मा त्रिभुवनको अभिनय – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

सुनिता र पेपराजको चो?लुङ पार्क’मा त्रिभुवनको अभिनय

काठमाडौं, गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रहेको ‘चो?लुङ पार्क’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

नखिपोट – ललितपुरको युङ्चा हिम रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गायक राजेश पायल राईले उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन्।

पेसल माबोहाङको शब्द र संजय तुम्बाहाङफेको संगित रहेको गीतको भिडियोमा मुख्य कलाकारको रुपमा समाजसेवी तथा व्यवसायी त्रिभुवन लुम्फुङवा लिम्बु र सोना पालुङवा रहेका छन्। बिगत लामो समयदेखि हङकङमा कार्यरत तथा गीतकार समेत रहेका त्रिभुवन लुम्फुङवा लिम्बुले यसै गीतबाट कलाकारिताको यात्रा तय गरेका छन्।

तरुण युुवा युवतीको पहिलो भेट मायामा परिणत भई विवाहको मगनीसम्म भएको कथावस्तु समेटिएको यस भिडियोले दर्शक श्रोताको मन जित्ने कुरामा आफू विश्वस्त रहेको भिडियोका निर्देशक तथा छायाँकार भुपेन्द्र तुम्बाहाङफेले बताए।

थैली ईन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण भएको यस भिडियोमा सहायक कलाकारको रुपमा संगिता लावती,बिष्णु मोक्तान, टीआर सेनेहाङ, रविकिरण लिम्बु,फिपराज थुलुङ,रितुराज लिम्बु, दुर्गा तेयुङ लगायत छन् भने दिनेश माङमुको सहायक निर्देशन ,कृष्ण सुवेदीको श्रृङगार रहेको छ।

भिडियो निर्माणका लागी किराँत याक्थुङ चुम्लुङ हङकङका उपाध्यक्ष शेरबहादुर लक्साम्बा, हङकङ तेह्रथुम मंचका उपाध्यक्ष हिम सिंगक, चलचित्र निर्माता पृथ्वी ईङनाम र किराँत याक्थुङ चुम्लुङ हङकङका सदस्य रेजिन साँवाले सहयोग गरेका छन्। म्युजिक भिडियोको छायांकन तेह्रथुमको पर्यटकिय स्थल चोःलुङ पार्क, तिन्जुरे, गुफापोखरी लगायतका क्षेत्रमा गरिएको छ।





Comments

comments

50053