एचकेनेपाल डट कम –
हङकङ, २२ अप्रिल । हङकङमा कोभिड-१९ को दैनिक संक्रमित केस आज ५७४ मा झरेको छ।
स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये ११ आयातित रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा १,१८०८,२७७ पुगेको छ।
हङकङमा २४ घण्टाभित्र थप १५ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कूल ९,०१४ बिरामीको मृत्यु भएको छ।
२४ घण्टामा ३७७ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।