एचकेनेपाल डट कम –
हङकङ, २ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका २८३ संक्रमित केसहरु थपिएका छन्।
स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये ११ आयातित रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,९२,१६२ पुगेको छ।
हङकङमा २४ घण्टाभित्र थप ३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कूल ९,१०५ बिरामीको मृत्यु भएको छ।
२४ घण्टामा ९२ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।