Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

९ वर्षीया बालिकालाई बलात्कार गर्ने रंगेहात पक्राउ

भक्तपुर, चैत्र २ – नौ बर्षीया बालिकालाई बलात्कार गर्ने काभ्रे-४ पनौती घरभई हाल अनन्तेश्वर नगरपालिका-१५ गुण्डु बस्ने १९ वर्षीय बाबा तामाङ्ग रंगेहात पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी श्यामकृष्ण अधिकारीका अनुसार तामाङ्गले शनिबार दिउँसो खेलिरहेकी अनन्तेश्वर १५ गुण्डुकी ती बालिकालाई चकलेट दिइ फकाएर जबरजस्ती गरिरहेको अवस्थामा फेला पारेका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। बालिका चिच्याएपछि स्थानीयले थाहा पाएका थिए।

‘बलात्कार गर्ने तामाङ्गलाई जिल्ला अदालतबाट थप अनुसन्धानका लागि ७ दिने म्याद लिई थुनामा राखिएको छ’, डीएसपी अधिकारीले भने, ‘बालिकाको अवस्था अहिले सामान्य छ।’

पीडितका आफन्त र स्थानीयबासीले बलत्कारीमाथि कडा भन्डा कडा कारवाही गर्न माग गरेका छन्।

बालिकाको स्वास्थ्य परीक्षण गराइसके पनि आइतबारसम्म रिर्पोट नआएको समाचार कान्तिपुर दैनिकले छापेको छ। बलात्कार गर्ने तामाङले अध्यधिक मदिरा सेवन (मापासे) गरेको प्रहरीले जनाएको छ।





Comments

comments

5076