हङकङमा आज संक्रमण पुष्टि भएका ३२९ केस थपिए…

एचकेनेपाल डट कम –

हङकङ, ३१ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल ३२९ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग सुक क्वानका अनुसार २९४ स्थानीय र ३५ आयातित गरी कुल ३२९ संक्रमित केसहरु थपिएका छन्।

आयातित केसहरुमध्ये १९ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएको छ भने वाँकी क्वारिन्टिन होटलमा १६ जनामा पोजेटिभ देखिएको छ।

२४ विद्यालयमा २७ नयाँ पुष्टि भएका केसहरु थपिएका छन्।

हङकङमा २४ घण्टाभित्र कोरोनाबाट कुनै पनि विरामीको मृत्यु भएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१६५ पुगेको छ।

२४ घण्टामा ४६ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

51114