हङकङमा झन बढ्न थाल्यो कोरोना, आज थपिए ५०५ नयाँ केस…

एचकेनेपाल डट कम –

हङकङ, १ जुन । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल ५०५ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग सुक क्वानका अनुसार ४७१ स्थानीय र ३४ आयातित गरी कुल ५०५ संक्रमित केसहरु थपिएका छन्।

आयातितमध्ये ११ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएको छ भने तोकिएका क्वारेन्टिन होटलमा १८ जनामा पोजेटिभ देखिएको छ। तीमध्ये ५ जना विदेशबाट आएको ७ दिनपछि फेला परेका रहेका छन्।

आज ३५ विद्यालयमा ३९ नयाँ केसहरू (२४ विद्यार्थी र १५ शिक्षक कर्मचारी) थपिएका छन्। थप २ विद्यार्थीहरू पोक ओइ अस्पताल ताङ पुई किंग मेमोरियल कलेजमा जोडिएका छा्। जहाँ एक पार्टटाईम बास्केटबल प्रशिक्षकले पहिले जेन्ट्रल क्लबको भ्रमण गरेका थिए।

हङकङमा २४ घण्टाभित्र कोरोनाबाट १ जना विरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१६६ पुगेको छ।

२४ घण्टामा ५१ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

51158