हङकङमा आज कोरोनाको ४८९ नयाँ केस थपिए…

एचकेनेपाल डट कम –

हङकङ, २ जुन । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल ४८९ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग सुक क्वानका अनुसार ४२४ स्थानीय र ६५ आयातित गरी कुल ४८९ संक्रमित केसहरु थपिएका छन्।

आयातितमध्ये ३७ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएको छ भने तोकिएका क्वारेन्टिन होटलमा २० जनामा पोजेटिभ देखिएको छ।

आज ३५ विद्यालयमा ४० नयाँ केसहरू (२८ विद्यार्थी र १२ शिक्षक कर्मचारी) थपिएका छन्।

हङकङमा २४ घण्टाभित्र कोरोनाबाट १ जना विरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१६७ पुगेको छ।

२४ घण्टामा ३० जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

51198