एचकेनेपाल डट कम –
हङकङ, ३ जुन । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल ४९९ संक्रमित केसहरु थपिएका छन्।
स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग सुक क्वानका अनुसार ४५० स्थानीय र ४९ आयातित गरी कुल ४९९ संक्रमित केसहरु थपिएका छन्। पाँचौं लहरको सुरुवातदेखि हङकङमा कुल १२०१,५६१ कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।
४९ आयातितमध्ये २५ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएको छ भने तोकिएका क्वारेन्टिन होटलमा १४ जनामा पोजेटिभ देखिएको छ। एक स्थानीय पाइलटलमा पनि पोजेटिभ देखिएको जनाइएको छ।
हङकङमा २४ घण्टाभित्र कोरोनाबाट २ जना विरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१६८ पुगेको छ।
२४ घण्टामा ४७ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।