हङकङमा आज कोरोनाको ४८९ नयाँ केस थपिए, थप ३ जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, ७ जुन । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल ४८९ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग सुक क्वानका अनुसार ४३६ स्थानीय र ५३ आयातित गरी कुल ४८९ संक्रमित केसहरु थपिएका छन्। पाँचौं लहरको सुरुवातदेखि हङकङमा कुल १२०३,३०३ कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।

हङकङमा २४ घण्टाभित्र कोरोनाबाट ३ जना विरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१७६ पुगेको छ।

२४ घण्टामा ४२ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

51366