हङकङमा आज कोरोनाको ६७४ नयाँ केस थपिए, थप १ को मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, ९ जुन । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल ६७४ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग सुक क्वानका अनुसार ६०१ स्थानीय र ७३ आयातित गरी कुल ६७४ संक्रमित केसहरु थपिएका छन्। पाँचौं लहरको सुरुवातदेखि हङकङमा कुल १२,०४२११ कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।

आज ८१ विद्यालयमा ६८ विद्यार्थी र २२ शिक्षक कर्मचारी गरी ९० जनामा पोजेटिभ केसहरु पाइएको छ। काउलुन टोङ फनफुल इङ्लिस प्राइमरी स्कुलमा आज थप २ नयाँ केसहरू रेकर्ड गरिएको छ। कुल १७ केसहरू यस विद्यालयसँग जोडिएका छन्।

हङकङमा २४ घण्टाभित्र थप १ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१७७ पुगेको छ।

२४ घण्टामा ४० जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

51463