अक्टोपस प्रयोगकर्ताले उपभोग भाउचरको HK$1,000 संकलन गर्दै, HK$5,000 उपभोग भाउचरको दोस्रो ब्याच अगस्टमा पाइने..

एचकेनेपाल डट कम –

हङकङ, १६ जुन । हङकङ सरकारले हङकङवासीलाई वितरण गरिने हङकङ डलर HK$5,000 उपभोग भाउचरको बाँकी HK$1,000 आजदेखि अक्टोपस प्रयोगकर्ताले संकलन गर्न पाउंने भएका छन्।

त्यस्तै, हङकङ डलर ५,००० उपभोग भाउचरको दोस्रो ब्याच अगस्ट महिनामादेखि चरणबद्ध रूपमा प्राप्त गर्न सकिने जनाइएको छ।

यसअघि, प्रयोगकर्ताहरूले Alipay Hong Kong, Octopus, Tap & Go र WeChat Pay HK बाट उपभोग भाउचर संकलन गरिदै आएका थिए। अब BoC Pay र PayMe बाट पनि उपभोग भाउचर सङ्कलन गर्न सकिने जनाइएको छ।

तलको भिडियो पनि हेर्नुहोला
यी हुन् बस्नका लागि विश्वका १० महंगा शहर..! हङकङ विश्वकै सबैभन्दा महंगो शहर! 🤪
👉 हङकङमा बस्नेहरुले हेर्न नभुल्नु होला!

.





Comments

comments

51620