हङकङमा आज कोभिड-१९ को केस १३ अप्रिलपछि कै उच्च…

एचकेनेपाल डट कम –

हङकङ, १५ जुन । हङकङमा आज कोभिड-१९ को केस १३ अप्रिलपछि कै उच्च रेकर्ड गरिएको छ। हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल १,०४७ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार ९७१ स्थानीय र ७६ आयातित गरी कुल १,०४७ संक्रमित केसहरु थपिएका छन्।

कोभिड-१९ को ९७१ केसमध्ये ४७७ पीसीआर र ४९४ जनाको आरएटी परीक्षणबाट पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। पाँचौं लहरको सुरुवातदेखि हङकङमा कुल १२,०९,०७७ कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।

आयातितमध्ये ३६ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ३१ जनामा पोजेटिभ देखिएको छ।

आज १२७ विद्यालयमा १३५ विद्यार्थी र १२ शिक्षक कर्मचारी गरी १४७ जनामा पोजेटिभ केसहरु पाइएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमित १ जना बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१७९ पुगेको छ।

२४ घण्टामा ४३ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

51690