हङकङमा निरन्तर बढ्दै कोरोना…

एचकेनेपाल डट कम –

हङकङ, १६ जुन । हङकङमा लगातार दोस्रो दिन कोभिड-१९ को केसले १ हजार नाघेको छ। हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल १,१७९ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार १०८५ स्थानीय र ९४ आयातित गरी कुल १,१७९ संक्रमित केसहरु थपिएका छन्।

कोभिड-१९ को १०८५ केसमध्ये ४२३ पीसीआर र ६६२ जनाको आरएटी परीक्षणबाट पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।

आयातितमध्ये ३८ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ४३ जनामा पोजेटिभ देखिएको छ। बाँकी १३ जनामा क्वारेन्टिन अवधि पूरा भएपछि पोजेटिभ देखिएको जनाइएको छ।

आज १०३ विद्यालयमा ८३ विद्यार्थी र ३० शिक्षक कर्मचारी गरी ११३ जनामा पोजेटिभ केसहरु पाइएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमितको कुनै पनि बिरामीको मृत्यु भएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१७९ पुगेको छ।

२४ घण्टामा ४६ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

तलको भिडियो पनि हेर्नुहोला
हङकङ विश्वकै सबैभन्दा महंगो शहर! 🤪
👉 हङकङमा बस्नेहरुले हेर्न नभुल्नु होला!

.





Comments

comments

51731