एचकेनेपाल डट कम –
हङकङ, १९ जुन । हङकङमा लगातार पाचौं दिन कोभिड-१९ को केसले १ हजार नाघेको छ। हङकङमा आज पनि कोभिड-१९ पुष्टि भएका कुल १,२७६ संक्रमित केसहरु थपिएका छन्।
स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार ११६१ स्थानीय र ११५ आयातित गरी कुल १,२७६ संक्रमित केसहरु थपिएका छन्।
कोभिड-१९ को ११६१ स्थानीय केसमध्ये ४१६ पीसीआर र ७४५ जनाको आरएटी परीक्षणबाट पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।
आयातितमध्ये ५४ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ४६ जनामा पोजेटिभ देखिएको छ।
हङकङमा हालसम्म कुल १,२१४,०५३ कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।
हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमितको २ जना बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१८२ पुगेको छ।
२४ घण्टामा ३२ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।