हङकङमा कोरोनाको केस दिनहुँ बढ्दै, आज १,६५० नयाँ केस थपिए…

एचकेनेपाल डट कम –

हङकङ, २३ जुन । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल १,६५० केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग चुक-क्वानका अनुसार १,५२२ स्थानीय र १२८ आयातित गरी कुल १,६५० संक्रमित केसहरु थपिएका हुन्।

कोभिड-१९ को १०७६ स्थानीय केसमध्ये ५५९ पीसीआर र ९६३ जनाको आरएटी परीक्षणबाट पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।

आयातितमध्ये ४८ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ६३ जनामा पोजेटिभ देखिएको छ। क्वारेन्टिन अवधि सकिएपछि १७ जनामा सङ्क्रमण पुष्टि भएको छ।

हङकङमा हालसम्म कुल १२,१९,६७५ कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।

आज १५५ विद्यालयमा १३५ विद्यार्थी र ३७ शिक्षक कर्मचारी गरी १७२ जनामा पोजेटिभ देखिएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमितको १ जना बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१८५ पुगेको छ।

२४ घण्टामा ५८ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

51979