हङकङमा आज १,८७३ नयाँ केस थपिए…

एचकेनेपाल डट कम –

हङकङ, २७ जुन । हङकङमा कोरोना भाइरसबाट थप १,८७३ सङ्क्रमित भएका स्वास्थ्य सुरक्षा केन्द्रले सोमबार जानकारी दिएको छ।

केन्द्रका डा. अल्बर्ट औका अनुसार १७१९ स्थानीय र १५४ आयातित गरी कुल १,८७३ संक्रमित केसहरु थपिएका हुन्।

कोभिड-१९ को १७१९ स्थानीय केसमध्ये ६०९ पीसीआर र १,११० जनाको आरएटी परीक्षणबाट पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।

आयातितमध्ये ७० जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ५८ जनामा पोजेटिभ देखिएको छ। क्वारेन्टिन अवधि सकिएपछि २६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

आज ३३५ विद्यालयका विद्यार्थी र शिक्षक कर्मचारी गरी ४६४ जनामा पोजेटिभ देखिएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमित कुनै पनि बिरामीको मृत्यु भएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१८५ पुगेको छ।

२४ घण्टामा ४४ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

52118