एचकेनेपाल डट कम –
हङकङ, ३० जुन । चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार दिउँसो हङकङ आईपुगेका छन्।
हङकङको दुईदिने भ्रमणका लागि हाईस्पीड ट्रेनमा हङकङ आएका राष्ट्रपति सीलाई निवर्तमान प्रमुख कार्यकारी क्यारी लामले वेस्ट काउलुन स्टेशनमा स्वागत गरेकी थिइन्।
राष्ट्रपति सी जुलाई १ तारिख हङकङ एसएआरको स्थापनाको २५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्न हङकङ आएका हुन्।