चावहिलमा खुल्यो फिल्म तथा टीभी स्कुल, राजेश हमाल र नीति शाहले गरे उद्घाटन

काठमाडौं । अभिनेता राजेश हमाल, फिल्ममा डेब्युको तयारीमा रहेकी मोडल नीति शाह र आई आई एफ टी स्कूल अफ फेसन एण्ड इन्टेरियरका निर्देशक तथा फेसन कोरिओग्रफ़र बिपना थापा लगायतका कलाकारले नेसनल फिल्म एण्ड टीभी स्कुलको उद्घाटन गरेका छन्।

काठमाडौंको चावहिलमा खुलेको यो स्कुलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकासको पढाइ समेत हुने जनाइएको छ। आयोजित भव्य जमघटमा कलाकारले भीवाईएफ टक्सको पनि शुभारम्भ गरे।

उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेता पुष्प खड्काले पनि कलेज उद्घाटनमा साथ दिए । अभिनेता हमाल स्कुलका गेस्ट लेक्चर पनि हुने भएका छन्।

उद्घाटन कार्यक्रममा बोल्दै हमालले फिल्म अध्ययनतर्फ देखिएको युवापुस्ताको आकर्षणले सकारात्मक भविष्यको संकेत गर्ने बताए। ‘हाम्रो पालामा फिल्म अध्ययन गर्ने औपचारिक स्कुल र कलेज थिएनन्,’ उनले भने, ‘युवापुस्ताको यो उत्साह सुखद छ।’

भीवाईएफ टक्सका प्रमुख दशरथ सुनारका अनुसार उक्त स्कुलमा व्यक्तित्व र नेतृत्व सीपका कोर्सको पनि पढाइ हुने बताए। आइतबारदेखि नै स्कुलको औपचारिक सुरुवात भएको छ। केही वर्षमा त्रिभुवन विश्वविद्यालयको कोर्स पनि पढाइ हुने भएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

52469