हङकङमा कोरोनाको २,८१५ नयाँ केस थपिए, १ जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, ६ जुलाई । हङकङमा कोरोना भाइरसबाट थप २,८१५ जना सङ्क्रमित भएको स्वास्थ्य सुरक्षा केन्द्रले आज जानकारी दिएको छ।

केन्द्रका डा. चुआंग शुक-क्वानका अनुसार २६७२ स्थानीय र १४३ आयातित गरी कुल २,८१५ संक्रमित केसहरु थपिएका हुन्।

आयातितमध्ये ७९ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ४९ जनामा पोजेटिभ देखिएको छ। क्वारेन्टिन अवधि सकिएपछि १५ जनामा सङ्क्रमण पुष्टि भएको छ।

१९३ विद्यार्थी र ४६ कर्मचारीसहित २०९ विद्यालयमा जम्मा २३९ जनामा पोजेटिभ देखिएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमित एक जना ७१ वर्षीयाा महिला बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१९३ पुगेको छ।

२४ घण्टामा ९० जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

52669