हङकङमा अझै केही दिन तातो मौसम जारी रहने…

एचकेनेपाल डट कम –

हङकङ, १८ जुलाई । हङकङमा हप्ताभर गर्मी मौसम जारी रहने छ। यस हप्ताको अन्त्यमा तापक्रम ३५ डिग्रीभन्दा माथि पुग्ने अनुमान गरिएको छ।

हङकङमा गर्मी मौसम आगामी केही दिनसम्म जारी रहने र तापक्रम ३५ डिग्री वा माथिसम्म पुग्ने अनुमान गरिएको छ।

चर्को गर्मी निरन्तरता बढिरहेकोले हङकङ अब्जर्भेटरीले हङकङमा अति तातो मौसम चेतावनी लागू गरेको छ।

हङकङ अब्जर्भेटरीका वरिष्ठ वैज्ञानिक अधिकारी वोङ वाइ-किनले आज बिहान एउटा रेडियो कार्यक्रममा गर्मी मौसम केही दिन कायमै रहने बताएका हुन्।

शुक्रबारदेखि अर्को हप्ताको शुरुमा तापक्रम ३५ डिग्री वा त्योभन्दा माथि पुग्न सक्ने वोङले बताए।

वोङले यो पनि थपे कि विगतका वर्षहरूमा तापक्रम ३३ डिग्री वा सोभन्दा माथि पुगेका थिए। जुलाई २०२० मा २० दिन निक्कै गर्मी थिए, जुलाई २०२१ मा १७ दिन गर्मी दिन थिए र जुलाई २०२२ मा हालसम्म नौ दिन गर्मी दिन रहेको बताए।

यसैबीच, सोमबार मध्यान्हसम्म ट्युन मुन, युन लङ र शाम शुई पोलगायत धेरै जिल्लाहरूमा तापक्रम करिब ३२ डिग्री सेल्सियस पुगेको छ। ताई पो र ताई मेई टुकमा पनि तापक्रम ३३ डिग्री पुगेको छ भने शेउङ शुईमा ३४ डिग्रीको उच्च तापक्रम देखिएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

53331