हङकङ : हाईकिङ गएका युवकको चट्याङ लागेर मृत्यु..

एचकेनेपाल डट कम –

हङकङ, ३० जुलाई । हाईकिङ गएका पैदलयात्रीको शनिवार विहान चट्याङ लागेर मृत्यु भएको छ।

हुरीबतासको चेतावनी जारी रहंदा पदयात्रामा गएका २३ वर्षीय युवकको शनिबार विहान मृत्यु भएको स्थानीय मिडियाले जनाएको छ।

उनी अन्य चार साथीहरूसँग शा टिनको नुई पो शान ईष्टमा पैदल यात्रा गर्दै थिए। उनी ९:४१ बजे चट्याङ लागेर कोमामा पुगेका थिए।

उनका साथीहरूले प्रहरीलाई खबर गरेर ती व्यक्तिलाई सरकारी उडान सेवाको मद्दतले इस्टर्न अस्पतालमा तुरून्त पुर्‍याएको थियो। तर नसोचेको भयो। उनलाई मृत घोषित गरियो।

उनीसंगै पैदल यात्रामा गएका अन्य ४ जनाको प्रिन्स अफ वेल्स अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्लो रेकर्ड अनुसार नुई पो शान बारम्बार चट्याङ परिरहने पहाडको रुपमा चिनिन्छ। यो चुचुरोलाई बारम्बार बिजुली चम्कने नामबाट राखिएको हो। “नुई” शब्दले चिनियाँ गर्जन अक्षरसँग समान उच्चारण राख्छ।

अब्जर्भेटरीले विहान १.४५ बजे चट्याङ पर्ने चेतावनी जारी गरेको थियो भने भारी (अम्बर) वर्षाको चेतावनी संकेत जारी गरेको थियो। यस्तो बेला विशेष सचेत रहन आग्रह गरिन्छ।

मौसम केन्द्रले नागरिकहरूलाई सुरक्षित आश्रय खोज्न, रूखहरू जस्ता अत्यधिक प्रवाहकीय वस्तुहरूबाट टाढा रहन र बाहिर बस्दा अग्लो ठाउंमा नउभिन सल्लाह दिएको थियो।





Comments

comments

54309