हङकङमा कोरोना झन बढ्दै…

एचकेनेपाल डट कम –

हङकङ, ४ अगष्ट । हङकङमा कोरोना भाइरसबाट थप ५,०२० जना सङ्क्रमित र थप ३ जना विरामीको मृत्यु भएको स्वास्थ्य सुरक्षा केन्द्रले जानकारी दिएको छ।

केन्द्रका डा. चुआंग शुक-क्वानका अनुसार आज ४,७७३ स्थानीय र २४७ आयातित गरी कुल ५,०२० संक्रमित केसहरु थपिएका हुन्।

आयातितमध्ये १२० जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा १०२ जनामा पोजेटिभ देखिएको छ। क्वारेन्टिन अवधि सकिएपछि २५ जनामा सङ्क्रमण पुष्टि भएको छ।

आयातितमध्ये ४७ युकेबाट, २३ संयुक्त राज्य अमेरिकाबाट, १३ क्यानडाबाट, २४ फिलिपिन्सबाट र १५ थाइल्याण्डबाट आएका रहेका छन्।

२८६ विद्यालयका ३०० विद्यार्थी र ६७ शिक्षक कर्मचारीसहित जम्मा ३६७ जनामा पोजेटिभ देखिएको छ।

१८९ बिरामी अझै अस्पतालमा छन् भने १७० जना डिस्चार्ज भइसकेका छन्।

आज थप ३ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।





Comments

comments

54750