कमिसनको चक्करमा ठगिए हङकङका नेपालीहरु…!

एचकेनेपाल डट कम –

हङकङ, १८ अगष्ट । अनलाईन प्रडक्टहरुको विक्रीबाट कमिसन कमाउने चक्करमा हङकङका नेपालीहरु ठगिएका छन्।

याउ चिम प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले हामीलाई दिएको जानकारीका अनुसार कमिसन कमाउने चक्करमा हङकङका केही नेपालीहरु ठगिएका हुन्।

प्रतीकात्मक तस्वीर

स्क्यामरहरूले फेसबुकलगायत सामाजिक सञ्जालहरुमा जागिरको विज्ञापन पोस्ट गरेर उत्पादनको हिट रेट बढाउन मानिसहरूलाई भर्ती गरेको पाइएको छ।

स्क्यामरहरूले आकर्षक कमिसनको लोभ देखाएपछि केही नेपाली त्यसमा लागेको देखिन्छ।

पीडितले स्क्यामर (अपराधी)लाई आफ्नो बैंक खाता र पासवर्ड दिएको पाइएको छ। बैंकबाट रकम हराएपछि पीडितले आफू ठगिएको चाल पाएका हुन्।

कसरी झुक्याएर ठग्छन्?

भर्ती
स्क्यामरहरूले एसएमएस वा इन्स्ट्यान्ट मेसेन्जरहरूमार्फत व्यापक रूपमा नक्कली जागिरका प्रस्तावहरू पठाउँछन्। “अर्डर ह्यान्डलर”, “व्यापारी सहायक”, “अर्डर प्लेसर” आदिको नक्कली पदहरूको विज्ञापन गरेर ठूलो पारिश्रमिक दिने वाचा गरिएको पाइएको छ।

नक्कली खुद्रा विक्रेता
स्क्यामरहरूले अनलाइन खुद्रा विक्रेताहरू जस्तै HKTVmall, YOHO, Amazon, eBay, Lazada आदिको अनलाइन पोस्टहरुको स्क्रीनसट र नक्कली वेबसाइट सिर्जना गरेर झुक्याएको पाइएको छ।

बिक्री बढाउँदै
स्क्यामरहरूले बिक्री बढाउन विशेष अनलाइन व्यापारीहरूबाट उत्पादनहरू खरिद गर्न निर्देशन दिइएको हुन्छ। प्रमाणको रूपमा स्क्रिन सटहरूसहित किनमेल कार्टमा वस्तुहरू थपेको देखाएर तोकिएको बैंक खातामा पैसा स्थानान्तरण गरेर कमिसन कमाउन सकिने लोभ देखाएको पाइएको छ। शुरु शुरुमा कमिसनको साथमा फुल रिफन्डसमेत दिने गर्छन्। र, कमिसनको लोभ देखाएर अधिक महँगो उत्पादनहरू खरिद गर्न भन्छन्। स्क्यामरहरूले केही कारणहरू बताएर फिर्ता गर्न अस्वीकार गर्छन् र पीडितहरूलाई पूर्ण रकम फिर्ता पाउन ठूलो खरिदमा जान लोभ्याउँछन्। यसरी, उनीहरुले अन्ततः घाटा व्यहोर्न वाध्य हुने गरेका छन्।





Comments

comments

55795